देउवाविरुद्ध साझा उम्मेदवार बने त्याग गर्ने पक्षमा रामचन्द्र पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली काँग्रेसका सभापति रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा नेतृत्वको दाबी नगर्ने संकेत गरेका छन् । उनले देउवाविरुद्ध साझा उम्मेदवार बनाउन आग्रह गर्दै त्यस्तो संकेत गरेका हुन् ।

‘हामीबाट मिलेर साझा उम्मेदवार बनाऔं,’ पौडेलको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘तपाईंहरु मिलेर साझा उम्मेदवार बनाउन सक्नुभयो भने म छाड्छु होइन भने मलाई साझा उम्मेदवारका रुपमा साथ दिनुहोस् ।’

शुक्रबारको बैठकमा विकल्पसहित प्रस्तुत भएका पौडेलले काँग्रेसलाई जोगाउन आफू जस्तोसुकै त्याग गर्न तयार भएको बताएका थिए । उनले सहमतिको साझा उम्मेदवार आफू हुनसक्नेमा पनि जोड दिएका थिए ।

पौडेलले बैठकमा १३औं महाधिवेशनमा आफ्नो पक्षमा रहेकाहरुलाई डाकेपनि केही प्रभावशाली नेताहरु अनुपस्थित रहे । पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य सुजाता कोइराला अनुपस्थित भएका थिए ।

  • २७ कार्तिक २०७८, शनिबार ११:३८ प्रकाशित