पोखरा ।
माछापुच्छ्रे बैंक पोखराका संथापक अध्यक्ष स्व. सूर्यबहादुर केसीको स्मृतिमा माछापुच्छ्रे बैंक पोखरा नयाँ बजारको कार्यालय परिसरमा अर्धकद शालिक स्थापना गरिएको छ ।
शालिकको आज एक कार्यक्रम बीच स्व. केसीका धर्मपत्नी प्रेम कुमारी केसीले अनावरण गरिन् । काठमाडौंका कलाकार एवम् मुर्तिकार विकल प्रजापतिले शालिक निर्माण गरेका हुन् । झण्डै २२ वर्ष अगाडि पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द्र बनाउनुपर्छ भनेर स्व. केसीले बैंक स्थापना गरेका थिए ।
कार्यक्रममा स्व. केसीका बारेमा बोल्दै पूर्व प्रहरी वरिष्ट उपरीक्षक कृष्ण बहादुर थापाले स्व. केसीकोे दूर दृिष्टकोणले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रलाई नेत्तृत्व गरेको बताए ।
यसैगरी बैकंका संचालक कवि हरिभक्त सिग्देल (महेश) ले स्व केसी भौतिक रुपमा हामी माझ नभएपनि सूर्यको प्रकाश जस्तै उनका विचारहरु संसारमा फैलिएको बताए ।
कार्यक्रममा स्व. केसीका जेठा छोरा प्रकाश केसीले धन्यबाद दिँदै आफ्नो पिताजिको सोच र विचारलाई समाजले ग्रहण गरेकोमा आभार प्रकट गरे । शालिक अनावरण समारोहमा माछापुच्छे् बैंकका अध्यक्ष डा. वीरेन्द्र महतो बंैंकका कार्यकारी अधिकृत सन्तोष कोईराला, बैंकका संचालक किरण केसी, रोशन केसी, निर्देशक जय मुकुन्द खनाल लगायतले शालिकमा पुस्प गुच्छा अर्पण गरेका थिए ।