पोखरा ।
अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर)ले परिर्वतनलाई रक्षा नगरिकन राष्ट्रको समृद्धि, विकास, राष्ट्रियता र स्वाधिनताको रक्षा हुन नसक्ने बताएका छन् । आज प्राप्त भएका उपलव्धी, व्यक्त भएका व्यक्त भएका विचार, आज भएका योगदान र बलिदानलाई स्थापित गर्नु निशर्त कर्तव्य रहेको शर्माले बताए ।
पोखरा भएको प्रेस सेन्टर कास्कीको पदस्थापन कार्यक्रममा बोल्दै शर्माले देश माओवादी एजेण्डाका आधारमा अगाडी बढेको बताए । जनयुद्ध देखी आजका दिनसम्म जुन एजेण्डामा देशको राजनीति चलिरहेको छ, जुन नारहरु देशले अंगिकार गरेको छ, समाजवाद तिर जाने कुरा संविधानले आत्मसाथ गरेको छ, यी सबैले आत्मसाथ गरेको विषय हो । यी ऐतिहासीक कुराहरु हुन्, यी आजका देशका सबै राजनीतिक पार्टीहरुले आत्मसाथ गरेको कुरा हो ।
मन्त्री शर्माले प्रतिगमन गर्ने तत्वहरुका विरुद्ध संघर्षलाइ स्थापीत गर्ने काम मिडियाको रहेको बताए । शर्माले भने, संघीय लोकतान्त्रीक गणतन्त्र र यसबाट प्राप्त भएको उपलब्धीको रक्षा गर्न संविधानलाई च्यात्ने प्रतिगमन गर्ने तत्वहरुका विरुद्ध संघर्षलाई स्थापीत गर्ने र त्यसको रक्षा गर्ने, त्यसको कार्यान्यनमा रहेका अपूर्णताहरुलाई पूर्णता गर्नका लागि सरकार र संम्बन्धीत निकायलाई खवरदारी गर्ने काम मिडियाको हो ।