उत्पादनमुखी अर्थतन्त्र आवश्यक : अर्थमन्त्री बराल

केन्द्रभाग मिडिया

बागलुङ ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले उत्पादनमुखी अर्थतन्त्र अहिलेको आवश्यकता भएको बताएका छन् ।

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका पुगेका मन्त्री बरालले उत्पादनमुदी व्यवसायीबाट मात्रै आत्मनिर्भर बन्न सकिने भन्दै आजको आवश्यकता नै उत्पादनमुखी अर्थतन्त्र रहेको बताए । यसका लागि तीन तहका सरकार बिच सहकार्य, समन्वय र सहअस्तित्व प्रभावकारी ढंगले हुनुपर्ने उनको भनाई छ ।

मन्त्री बरालले संघीयताको मर्म अनुसार स्थानीय, प्रदेश र संघीय सरकार बीच अझै पनि सहकार्य, समन्वय र सहअस्तित्व हुन नसक्दा धेरै योजनाहरुमा एकरुपता नभएको उल्लेख गरे ।

उनले उत्पादनलाई विशिष्टकृत गर्नुपर्ने बताउदै आर्थिक समृद्धिका लागि तीन तहको सरकारले उत्पादनमुखी अर्थतन्त्रको अवधारण ल्याउनु पर्ने बताए ।

ताराखोला गाउँपालिका जनयुद्धको जननी भएको बताउदै माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहनु भएका मन्त्री बरालले आगामी निर्वाचनमा जनताको मन जित्ने गरी योजनाहरु सम्पन्न गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

  • २६ कार्तिक २०७८, शुक्रबार १६:५२ प्रकाशित