विप्लवलाई प्रचण्डको आह्वानः ‘एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैन, आउनुस मिलेर अघि बढौँ’

केन्द्रभाग मिडिया

File photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुन नसक्ने जिकिर गरेका छन् ।

क्रान्तिका नाममा छुट्टिएका विप्लव, वैद्यलगायतका नेतालाई ईंगित गर्दै प्रचण्डले एउटै युगमा धेरै प्रचण्डको जन्मन नहुने बताएका हुन् ।

प्रचण्डले क्रान्ति छुट्टाछुट्टै बसेर नहुने भन्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलाई मिलेर अघि बढ्न आह्वान गरेका छन् । प्रचण्डले कसैले चाँहदैँमा क्रान्ति नहुने क्रान्ती नहुने भन्दै विप्लवलाईसँगै मिलेर अघि बढ्न आग्रह गरेका हुन् ।

उनले भने, कसैले चाहदैमा, लहड चल्दैँमा क्रान्ति हुने होइन, फेरि प्रचण्ड भन्ने आफै जन्मेको होइन जनताले जन्माको हो ।जनता सबै लडेर निर्माण गरेको प्रचण्ड ।एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनैसक्दैँन ।त्यसैले विप्लवजी आउनुस, अलग बसेर होइन नेपाली क्रान्तिलाई मौलिक तरिकाले नयाँ गरि मिलेर सगैँ अघि लगौँ।’

  • २६ कार्तिक २०७८, शुक्रबार १४:५४ प्रकाशित