जबरालाई सर्वोच्च छिर्न नदिने बारको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च छिर्न नदिने भएको छ ।

आजदेखि बन्दीप्रत्यक्षीकरण लगायतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको बारले जबरालाई सर्वोच्च गेटमै रोक्ने भएको छ ।
बारले आज १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश राणालाई ‍छिर्न नदिन धर्ना दिनेछ।

हिजो बारले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि त्यसैको विरोधमा आज राणालाई अदालत प्रवेश गर्न नदिने भएको हो । बार पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलनमा छ।राणा भने राजीनामा नदिने अडानमै छन् ।

  • २६ कार्तिक २०७८, शुक्रबार ०८:५७ प्रकाशित