अर्जुनचौपारी गाउँपालिकामा ९० प्रतिशत विकासको आधार तयार भयो: अध्यक्ष अर्याल (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालले गाउँपालिकालाई मासु र तरकारीमा आत्मनिर्भर बनाउने गरि काम गरेको बताएका छन् । सोही अनुसार वार्षिक नीति तथा कार्यक्रम र बजेट बिनियोजन गरि कार्यक्रम संचालन गरिएको उनले बताए ।

कृषिमा अनुदानको वेथिती लाई अन्त्य गर्न काम गर्ने कृषकलाई अनुदान दिने गरि कार्यविधि बनाएको उनले बताए । सोही अनुसार कृषकले कृषि व्यवसायमा गरेको ऋण लागानीको व्याजमा सत प्रतिसत अनुदान दिइएको छ, उनले भने , त्यसका लागि सहकारीबाट ऋण लिने व्यवस्था पालिकाले गरेको उनले बताए । कृषकले ६ महिना तरकारी र कुखुरा, १ वर्ष बंगुर, १८ महिना बाख्रा र २ वर्ष भैसी फर्ममा गरेको लागानीको व्याजमा अनुदान पाउने छन् ।

मासुमा पालिका आत्मनिर्भर बनिसकेको छ, तरकारीमा अभै केही समय लाग्ने भयो, उनले भने । कृषकले पशुपंक्षी विमामा तिर्नुपर्नेे २५ प्रतिशत रकम पालिकाले अनुदान दिएको छ । डेरी संचालनमा ल्याएको र दुधमा उत्पादनका आधारमा अनुदान दिइने उनले बताए ।
फोहोर मैला प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ, यो वर्षबाट प्रशोधनको काम अगाडी बढ्ने उनले बताए ।

६ वडा मध्य ४ वडामा नयाँ भवन निर्माण सम्पन्न भएको छ । सामुदायीक विद्यालयको खस्कदो अवस्थालाई सुधार गर्न अग्रेजी माध्यममा पठनपाठनको थालनी गरीएको र अहिले पालिकाभरी निजी र सरकारी विद्यालयमा एउटै पाठ्यक्रम लागू भएको उनले बताए ।

पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी कार्यक्रम अगाडी बढेको छ । सबै वडा कार्यालय जाने बाटोमा यो वर्ष नाली बनी सक्ने, हेलु देखी अर्जुनचौपारीसम्म पुग्ने सडक असार मसान्त सम्म पिच हुने अर्यालले बताए ।

पालिकाको विकासको ९० प्रतिशत विकास निर्माणको आधार तयार बनाएको उनले दावी गरे । आउने जनप्रतिनिधिले यीनै योजनालाई निरन्तरता दिए पनि पुग्ने उनले बताए ।

संस्थागत र सामूहीक रुपमा काम गरिएको बताउदै आचार्यले पाचँ वर्षको अवधिमा निर्वाचनमा बाचा गरेको कुरा पुरा गरेको दावी गरे । सबैको आकांक्षा पुरा नभएको हुन सक्छ, हामीले बोलेका कुरा पुरा गयौँ, अर्यालले भने ।

  • २५ कार्तिक २०७८, बिहीबार १६:४९ प्रकाशित