अब युट्युबले ‘डिस्लाइक’ संख्या प्राइभेट गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

युट्युबले भिडिओको डिस्लाइक संख्यालाई अब प्राइभेट बनाउने भएको छ ।

युट्युवले डिस्लाइकको अप्सन नै नहटाउने तर संख्या भने प्राइभेट गर्ने घोषणा गरेको हो ।युट्युबमा अपलोड भएको भिडियोको लाइक र डिस्लाइक दवै हाल सार्वजनिक रुपमै देखिन्छ तर अब भने युट्युवले यसलाई प्राइभेट बनाउन लागेको हो ।

केही समुह वा ग्रुपले डिस्लाइकका लागि क्याम्पेन नै चलाउने गरेका ले अब प्राइभेट गरेपछि भने कसैले नियोजित रूपमा लाइकभन्दा डिस्लाइक धेरै बनाउका लागि नियोजित रूपमा क्याम्पेनिङ गर्न पाउने छैनन् ।

युट्युबले गरेको अध्ययनबाट भिडिओमा भएको डिस्लाइकको संख्या नदेखाइएको भिडिओमा तुलनात्मकरूपमा अन्य भिडिओमा भन्दा कम डिस्लाइक आएको थियो । यसबाट नियोजित रूपमा हुने डिस्लाइक कम हुने युट्युबको विश्वास छ ।

अब युट्युब स्टुडियोको ड्यासबोर्डमा गएर भने कन्टेन्ट क्रिएटरले डिस्लाइक संख्या हेर्न सक्नेछन् ।

  • २५ कार्तिक २०७८, बिहीबार १४:४३ प्रकाशित