उग्र बन्यो बारः सर्वोच्चमा झडप, कम्तिमा ५ वकिल घाईते

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

सर्वोच्च अदालत परिसरमा वकिल र प्रहरीबीच झडप भएको छ ।

झडपमा परी कम्तिमा ५ वकिल घाईते भएको जनाइएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि उग्र प्रर्दशनमा उत्रिएको नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत पुगी नाराबाजी गरे पछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो ।

घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ ।

वकिलहरुले अहिले पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिँदै नाराबाजी गरेका छन् ।

  • २५ कार्तिक २०७८, बिहीबार १२:५२ प्रकाशित