भुपेन्द्रको हत्यामा संलग्न ८ युवक सार्वजनिक

केन्द्रभाग मिडिया

धनगढी ।

कैलालाीमा मंगलबार राती भएको हत्या आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

लम्कीचुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवाललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन् ।

उनीहरुले भुपेन्द्रलाई टीकापुर नगरपालिका–१ मा खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।मंगलबार राति हत्या गरिएका बडुवालको बुधबार परिवारले शव बुझेर अन्त्येष्टि गरेका छन् ।

  • २५ कार्तिक २०७८, बिहीबार ०९:५२ प्रकाशित