पोखरा ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पुरुषको तुलनामा महिला मन्त्रीहरुले भ्रष्टाचार नगर्ने दाबी गरेकी छिन् ।
उनले एक अनलाइन न्युज पोर्टलसँग गरेको कुराकानीको क्रममा पुरुषको तुलनामा शतप्रतिशत नभए पनि ९५ प्रतिशत महिला मन्त्रीले भ्रष्टाचार नगर्ने जिकिर गरेकी हुन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नेटवर्क विश्वभर रहेको र भ्रष्टाचार पनि त्यस्तै हुन्छ भन्ने प्रश्नमा उनले यो मन्त्रालय मात्रै यस्तो मन्त्रालय हो जहाँ भ्रष्टाचार छैन भन्दै अभिव्यक्ति दिएकी छिन् ।
उनले भनेकी छिन्,‘ केही भ्रष्टाचार नभएको शुद्ध मन्त्रालय नै यही हो, महिलाले नेतृत्व गरेको मन्त्रालयमा कम भ्रष्टाचार हुन्छ । अपवादका रुपमा केही होला तर पुरुषको तुलनामा महिलाले कम भ्रष्टाचार गर्छ ।’