फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । यो मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजलरमट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढेको छ । प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।

हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रति लिटर पाँच रुपैयाँले बढेको छ । अब आन्तरिक हवाई इन्धनको नयाँ मूल्य एक सय नौ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर आठ सय ९५ अमेरिकी डलर पुगेको छ ।

यसअघि निगमले गएको कात्तिक १२ गते इन्धनको मूल्य बढाएको थियो ।

  • २४ कार्तिक २०७८, बुधबार २१:०९ प्रकाशित