एमसीसीले नेपालको अहित गर्छ, फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमसीसी फिर्ता लैजानु नै श्रेयस्कर हुने बताएका छन् । उनले एमसीसीले नेपालको हितभन्दा पनि अहित हुने दाबी गरेका छन् ।

उनले आज एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘उपरोक्त अवस्थालाई मध्येनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनको कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएको छ ।’ उनले अमेरिकी सरकारलाई एकपक्षीय रुपमा भएपनि एमसीसी फिर्ता लगेर नेपालको हित प्रर्वद्धन गर्न आग्रह गरेका छन् ।

  • २४ कार्तिक २०७८, बुधबार १८:३६ प्रकाशित