मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित भारतीय पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय सुनसहित पक्राउ परेका छन् । मलद्धारमा लुकाएर ल्याउँदै गरेको सुनसहित एक भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जुबेद रहेका छन् । उनी मलद्वारमा लुकाएर ल्याइएको आधार किलो सुनसहित पक्राउ परेका हुन् ।

विमानस्थलको अनुसार उनीमाथि शंका लागेर चेक गर्ने क्रममा उनले सुन ल्याएको खुलेको थियो । उनलाई पानी, चिया खुवाएर दिसा गराएर सुन निकालिएको हो विमानस्थलले जनाएको छ ।उनीमाथि थप अनुसन्धान भईरहेको छ ।

  • २४ कार्तिक २०७८, बुधबार १५:३८ प्रकाशित