आइतबारदेखि देशभरका २४ अस्पतालबाट फाइजर खोप लगाईदैँः पोखराको कुन अस्पतालबाट लगाइन्छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले फाइजर खोप आगामी आइतबार अर्थात कार्तिक २८ गतेबाट लगाउन सुरु गर्ने भएको छ ।

कोभ्याक्स सुविधामार्फत प्राप्त एक लाख डोज फाइजर खोप १२ वर्ष उमेर देखि १८ वर्षमुनिका बालबालिकालाई लगाइने भएको छ । र यसअघि खोप लगाउन छुटेका दीर्घ रोगीलाई पनि खोप दिने भएको छ ।

खोप अभियान मंसिर ४ गतेसम्म चल्ने भएको छ ।परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाको अनुसार देशभरका २४ ठूला अस्पतालबाट खोप दिइनेछ ।

काठमाडौँ उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको खोप शाखाले जनाएको छ। खोप बचत भएको अवस्थामा १२ देखि १८ वर्षका अन्य बालबालिकालाई पनि खोप लगाइने भएको छ । यो कार्यक्रम भने मंसिर ५ देखि ७ गतेसम्म चल्ने छ।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउन खरिद प्रक्रिया अगाडि बढाइसकेको छ। गण्डकी प्रदेश अन्र्तगतका व्यक्तिका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खोप लगाइने छ ।

उक्त खोप अमेरिकाबाट ल्याइएको थियो ।

  • २४ कार्तिक २०७८, बुधबार १४:२० प्रकाशित