बुटवल–तानसेन सडकमा मंसिर ६ गतेसम्म राति गाडी चलाउन रोक

केन्द्रभाग मिडिया

रुपन्देही ।

सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल तानसेन सडकखण्डमा रातीको समयमा सवारी सञ्चालनमा रोक लगाइने भएको छ । सो सडकखण्ड १५ दिनका लागि रातको समयमा बन्द हुने भएको हो।

उक्त सडकखण्डको दोभान क्षेत्रमा सडक चौडा गर्नका लागि डिभिजिन सडक कार्यालयले रातिको समयमा बन्द गर्ने सूचना जारी गरेको हो ।

डिभिजन सडक कार्यालयका अनुसार कात्तिक २२ गतेदेखि मंसिर ६ गतेसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक ड्युटीका सवारी साधन र एम्बुलेन्सबाहेकका सवारीसाधन सञ्चालन नगर्न आग्रह गरिएको छ ।

  • २४ कार्तिक २०७८, बुधबार १३:०३ प्रकाशित