भारतीय राष्ट्रपतिद्धारा प्रधानसेनापति शर्मालाई मानार्थ सेनाध्यक्षको पदवी प्रदान

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मालाई आज मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरिएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले शर्मालाई मानार्थ भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन् । आज दिल्लीस्थित राष्ट्रपति भवनमा सम्मान प्रदान गरिएको हो ।

शर्मा प्रधानसेनापति भएपश्चात पहिलोपटक भारत भ्रमणमा गएका हुन् । हिजो भारत गएका शर्माले उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ । हिजो समकक्षी भारतीय स्थल सेनाध्यक्ष एमएम नरवाणेसँग भेट गरेका थिए ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गराउन पहल भैरहेको छ ।

  • २४ कार्तिक २०७८, बुधबार १२:२५ प्रकाशित