२१६ एम्पुल ड्रग्ससहित नयाँबजार बस्ने प्रेमा र कोपिला पक्राउ

केन्द्रभाग मिडिया

पोखरा।

पोखरामा दुई यवती प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं ८ सिमलचौर स्थित शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा दुई युवती २१६ एम्पुल ड्रग्ससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा लमजुङ दोर्दी गाउँपालिका वडा नं ७ घर भई हाल जिल्ला कास्की पोखरा ९ नयाँबजार बस्ने वर्ष ३१ को प्रेमा गुरुङ र जिल्ला गुल्मी मालिका गाउँपालिका वडा नं २ घर भई हाल निजसँग डेरा गरी बस्ने वर्ष ३१ की कोपिला अर्याल रहेका छन् ।

उनीहरुको साथबाट लागू औषध डाईजापाम ७४ एम्पुल, ब्रुफिनुर्फिन–७० एम्पुल, फेनेरागन– ७२ एम्पुल गरी जम्मा २१६ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • २४ कार्तिक २०७८, बुधबार ०९:११ प्रकाशित