मोतिपुर घटनाका मृतक परिवारलाई ५ लाख ५० हजार राहत घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारले मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलार्ई राहत दिने घोषणा गरेको छ ।

बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणका बेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएकाका परिवारलाई सरकारले ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

२४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए ।

  • २३ कार्तिक २०७८, मंगलवार १६:४८ प्रकाशित