पछिल्लो २४ घण्टामा ५३३ जनामा संक्रमण, ४८४ जना निको भए

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भइ घर फर्कनेको संख्या ४८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या सात हजार ६१२ रहेको छ ।हालसम्म देशभर कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ पुगेको छ ।

जसमध्ये ७ लाख ९६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ११ हजार ४५४ जनाको मृत्यु भएको छ ।

  • २३ कार्तिक २०७८, मंगलवार १६:३७ प्रकाशित