कारागारभित्र कैदीबीच दोहोरो झडपः ६ घाईते

केन्द्रभाग मिडिया

विराटनगर।

विराटनगर कारागार भित्र कैदीबन्दी बिच दोहोरो भिडन्त भएको छ ।

चौकीदार किरण गुरूङले कैदीहरुलाई यातना दिएको भन्दै आज बिहान १० बजे कारागारका कैदीबन्दीबीच दोहोरो झडप भएको छ। झडपमा परि चौकीदार गुरूङसहित ६ जना घाइते भएका छन्।

चौकीदार गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेले कैदीबन्दीलाई शोषण गर्ने र चरम यातना दिएको भन्दै कैदीहरु आन्दोलित बनेका थिए ।यातना सहन नसकेपछि गुरूङसहित उनका समूहका १४ जना नाइके र भाइ नाइकेलाई कैदीबन्दीहरूले एउटा कोठामा थुनिदिएपछि कैदीबन्दीबीच दोहोरो झडप भएको कारागार स्रोतले जनाएको छ ।

कर्तब्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका गुरूङले कैदीबन्दीलाई यातना दिने गरेको आरोप छ।

  • २३ कार्तिक २०७८, मंगलवार १६:३१ प्रकाशित