यसपाली जनगणनामा कास्कीमा डेढ लाख जनसंख्या बढ्न सक्ने

केन्द्रभाग मिडिया

पोखरा ।

यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म देशभर जनगणना हुने भएको छ ।

गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिइएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय संरचना तयार गरिएको छ ।

राष्ट्रिय जनगणनाका लागि गरिएको प्रारम्भिक अध्ययनले कास्कीमा करिब डेढ लाख जनसंख्या बढ्ने देखाएको छ । २०६८ सालको जनगणनाको तुलनामा यसपटक डेढ लाख हाराहारी जनसंख्या थपिने अनुमान गरेको तथ्यांक कार्यालय कास्कीले जनाएको छ ।

अघिल्लो जनगणनाअनुसार कास्कीमा चार लाख ९२ हजार जनसंख्या छ । यो बढेर ६ लाख ३० हजार हाराहारी पुग्ने कार्यालयले जनाएको छ ।तर मुल गणनापछि मात्रै आधिकारीक डाटा आउँनेछ ।

  • २३ कार्तिक २०७८, मंगलवार १५:५८ प्रकाशित