नियमित इजलासको माग गर्दै नाराबाजी गर्ने तीन पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

यतिबेला सर्वोच्चका न्यायाधीशहरु आन्दोलित छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रर्दशनमा उत्रिएका उनीहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका इजलास बहिष्कार गर्दै आएका छन् । उनीहरुले इजलास बहिष्कार गरेपछि सेवाग्राही मारमा परेका छन् ।

यसैबीच नियमित इजलासको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ। सर्वोच्च अदालत परिसर अगाडि इजलास बहिष्कार गर्न पाइदैन भन्दै नाराबाजी गरेपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको हो।

उनीहरुले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउने प्रयास गरेका थिए।

  • २३ कार्तिक २०७८, मंगलवार १३:२७ प्रकाशित