काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बस्न लागेको सुदूरपश्चिम कमिटीको बैठकप्रति प्रश्न उठाएका छन् ।
बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत रहेको भन्दै रावलले प्रश्न खडा गरेका हुन् । पार्टीको सुदूरपश्चिम कमिटीको बैठक आज मंगलबार पार्टी कार्यालयमा ११ बजे बस्दैँ छ ।
रावलले आज ट्विट गर्दै बैठक र यसका निर्णयहरू अवैध र अमान्य भएको जनाएका छन् र यसलाई गुटबन्दीको नमुना रहेको पनि बताएका छन् । उनले ट्विट गर्दै प्रश्न गरेका छन् ,‘अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?
https://twitter.com/BhimRawal179/status/1457900325877080065?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1457900325877080065%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.ratopati.com%2Fstory%2F205930%2F2021%2F11%2F9%2Fbhim-rawal-