गठबन्धन बाध्यता हो, यो सरकारले काम गर्छ भन्ने सोच्नु नै गलत हुन्छ : अध्यक्ष केसी

केन्द्रभाग मिडिया

Deputy Prime Minister Chitra Bahadur KC speaks at the Reporters' Club in Kathmandu, on Saturday, November 14, 2015. Photo: Reporters' Club

पोखरा ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धन प्रतिगमनलाई ठामको ठाम परास्त गर्न सफल भएको बताएका छन् । दुई पटकसम्म विघटन गरिएको प्रतिनिधिसभा पुनस्थापना गराएर प्रतिगमनलाई परास्त गर्नु नै पाँच दलीय गठबन्धनको सफलता रहेको उनको भनाई छ ।

अहिलेको सरकारले केही नगर्ने बताएका उनले प्रतिगमनलाई अझै ठेगान लगाउन गठबन्धनलाई निरन्तरता दिनुपर्ने बाध्यता रहेको बताए । मंगलबार विहान रेडियो बाराहीमा पत्रकार गोविन्द सुवेदीसंगको अन्तरवार्तामा उनले यो सरकार बनाउनु बाध्यता रहेको भन्दै पुरानै पात्र र प्रवृत्ति बोकेका दल र तिनिहरुको गठबन्धन बाट बनेको वर्तमान सरकारबाट कामको अपेक्षा राख्न नै नहुने प्रष्टिकरण दिए ।

‘हामीले दुई/दुई पटक संसद विघटन गरेर प्रतिगमन तर्फ लैजान सक्ने शक्तिलाई ठामको ठाम ढाल्यौं । सबैभन्दा ठूलो सफलता यही हो । संसदलाई जोगाएका छौं । अझैपनि आफ्नो कदमलाई सहिभन्दै प्रतिगमनलाई मलजल गर्न संसद चल्नै नदिने काम भइरहेको छ । यस विरुद्ध पनि पाँच दलीय गठबन्धनलाई बलियो बनाउनुपर्ने अवस्था देखियो,’ उनले भने, ‘यो सरकारले पनि केही गर्छ भन्ने छैन । केही गर्नेवाला पनि छैन ।’

अध्यक्ष केसीले वर्तमान पाँच दलीय गठबन्धन अगामी निर्वाचनसम्म लैजाने कुरालाई झुट भएको समेत बताएका छन् । अहिले गठबन्धनलाई अगामी निर्वाचनसम्म नै लैजाने विषयमा कुनै छलफल नै नभएको उनको जिकिर छ । निर्वाचन आउँदा परिस्थिति हेरेर एजेन्डामा केन्द्रित रहेर मात्र उनले गठबन्धन निर्माण हुने नहुने भन्न सकिने उनले बताए ।

पाँच दलीय गठबन्धन निर्वाचनसम्म जान्छ भन्ने गठबन्धनको नेतलाईलाई यसो नभन भनेर भन्न नमिलेको समेत उनले सुनाए । ‘आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ भन्ने नेताको कान समाएर नभन भन्न मिलेन । यस विषयमा गठबन्धनमा छलफल नै भएको छैन । निर्वाचनमा जाने बेलासम्म गठबन्धन नरहन पनि सक्छ । हामी सबैका कुरा मिल्छन् भन्ने छैन’ उनले भने ।

सबै दल चुकेकाले प्रधानन्यायाधिसका विषयमा  बोल्न सकेनन्

राजमो अध्यक्ष केसी सर्वोच्च अदालतका प्रधानन्यायाधिसका विषयमा यतिधेरै विवाद हुँदा पनि दलहरुले आफ्नो धारणा बाहिर ल्याउन नसक्नुलाई सबै दलहरु चुकेको रुपमा लिनुपर्ने बताएका छन् । दलीय भागबण्डाको आधारमा न्याधिस न्युक्त गर्नहुन्न भन्दा आफू र आफ्नो दल विगतमा खिसीट्युँरीको पात्र भएको स्मरण गर्दै उनले दलीय भागवण्डाको परिणाम आजको अवस्था रहेको विश्लेषण सुनाए ।

हिजो कार्यपालिका, न्यायपालिका र विधायिका बीचमा एक अर्कालाई सन्तुलनमा राख्नु भन्दापनि मिलेमतो हुँदाको परिणामको रुपमा आफूले अहिलेको अवस्था रहेको उनको प्रष्टोक्ति छ । ‘हिजो भागबण्डाको आधारमा न्युक्त गर्न हुन्न भन्दा मलाई र मेरो दललाई खिसीटिउँरी गरियो । कार्यपालिका, न्यायायपालिका र विधायिकालाई मिलेमतोमा चलाइयो ।

सन्तुलनमा राख्ने काम गरिएन । यसमा सबै दल मिलेका छन् । एउटा उखान छ । माछो किन बोल्दैन भन्दा बोल्दा मुखभरी पानी पर्छ भनेजस्तै हो । आफै तर्फ प्रश्न तेस्रिने भएपछि अहिले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल सबै प्रधानन्यायाधिसको विषयमा बोल्दैनन्’ उनले भने ।

  • २३ कार्तिक २०७८, मंगलवार ०८:२२ प्रकाशित