आगामी २४ घण्टाको मौसमी विवरण यस्तो

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

 

  • २३ कार्तिक २०७८, मंगलवार ०६:१९ प्रकाशित