कास्कीका पालिकामा सिडियो आचार्यको भिजिट (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सामुदायीक विद्यालयका प्रधानाध्यापक (प्रअ)संग भेटघाट कार्यक्रम चलाएका छन् । आचार्यले कास्कीका पाचैँ स्थानिय तहमा पुगेर विद्यालयका प्रअ र जनप्रतिनिधिलाई सगै राखेर छलफल गर्ने कार्यक्रम तया गरेका हुन् ।

गत महिना जिल्लाको नेतृत्व सम्हाल्न आएका आचार्यले स्थानिय तहसंगको सम्बन्धलाई प्रगाढ बनाउन चाहेको संकेत गरेका छन् ।
कोरोना महामारी पछिको अवस्था, नयाँ शासन व्यवस्थामा संघ र स्थानीय तह विचको सम्बन्ध र कोभिड–१९ को संक्रमणविच शैक्षिक गतिबिधि कसरी संचालन भइरहेको छ भन्ने विषयमा छलफल गर्ने गरेको आचार्यले जानकारी दिए ।

स्थानिय तहले शिक्षण सिकाइलाई प्रभावकारी बनाएको आफुले पाएको उनले बताए । पालिका–पालिकाबिच शिक्षण सिकाई अनुभव साटासट गर्न सके शैक्षिक गुणस्तर थप सुधार हुने उनले बताए ।

संस्थाको नेतृत्व गर्ने व्यक्ती बढि जिम्मेवार हुनेपर्ने भन्दै आचार्यले विद्यालयमा प्रअको भूमिका महत्वपूर्ण रहने बताए । आचर्यले विद्यालयका प्रअ भेटधाट कार्यक्रम अन्र्तगत रुपा गाउँपालिकामा दिएको मन्तब्य यस्तो थियो ।

  • २२ कार्तिक २०७८, सोमबार १७:५१ प्रकाशित