र्वल्ड कोभिड अपडेट : संक्रमितको संख्या २५ करोड नाघ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सको तथ्यांकअनुसार सोमबार विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघेको हो ।यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख ४९ हजार नाघेको छ ।

पछिल्लो समय विश्वका केही देशमा संक्रमण दर घटे पनि डेल्टा भेरियन्टका कारण पूर्वी युरोपमा भने संक्रमण बढिरहेको छ । रोयटर्सको तथ्यांक विश्लेषणअनुसार पछिल्ला ३ महिनामा दैनिक संक्रमण ३६ प्रतिशतले घटेको छ । विश्व स्वास्थ्य संगठनकी संक्रामक रोग विशेषज्ञ मारिया भान केरखोबेले सन २०२२ को अन्त्यसम्ममा कोरोना नियन्त्रण हुन सक्ने सम्भावना रहेको बताएकी छिन् ।

२४० मध्ये ५५ देशमा अहिले पनि कोरोना संक्रमण बढिरहेको छ । पछिल्लो समय रुस, युक्रेन, ग्रीसलगायतका देशमा संक्रमण बढिरहेको छ ।

  • २२ कार्तिक २०७८, सोमबार १५:३५ प्रकाशित