सेतोपट्टीधारीले बार अध्यक्षको कोठामा तालाबान्दी गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको विरोध र समर्थनमा प्रर्दशन भईरहेको छ ।

नेपाल बार एशोसियएसनले कालोपट्टि बाँधेर विरोध जनाइरहँदा जबराका समर्थनमा केही कानुन व्यवसायीले सेतो पट्टि बाँधेर बारको आन्दोलनलाई काउन्टर दिँदै प्रदर्शन गरेका छन् ।

आज जबराले आफुसहित ६ मुद्दाको इजलास तोकेपछि बारका कानुन व्यवसायी प्रर्दशनलाई थप शसक्त बनाउनेबारे छलफलमा जुटेका छन् । उता सेतोपट्टीधारी वकिलहरूले बार अध्यक्षको चेम्बरमा ताला लगाउने भएका छन् ।

इजलास बहिष्कार गरेका न्यायाधीशलाई मुद्दाको सुनुवाइमा फर्कन दबाब दिँदै सडक प्रदर्शन गरिरहेका स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीमा आबद्ध वकिलहरूले भोलि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको चेम्बरमा तालाबन्दी गर्ने भएका हुन् ।

  • २२ कार्तिक २०७८, सोमबार १४:३५ प्रकाशित