अब छिट्टै कोरियन भाषा परीक्षा हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।   

कोरियन भाषा परीक्षा पुन सञ्चालन गर्ने तयारी भईरहेको छ ।

कोरोना भाइरस संक्रमणको कारण रोकिएको ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा फेरि सञ्चालन गर्नका लागि तयारी शुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

तर परीक्षा हुने मिति भने अहिले नै तय भइ नसकेको विभागले जनाएको छ । विभागको अनुसार कोरियाले मानव संशाधन विभागसँग परीक्षा सञ्चालन गर्नेबारे सहमति गरिसकेको छ । आवश्यक प्रोटोकल पनि तयार गरेर परीक्षा गर्ने योजना विभागको छ ।

यसपाली परीक्षा कम्प्युटर प्रणालीबाट गर्ने बताइएको छ । त्यसका लागि आवश्यक कम्प्युटर पूर्वाधारसहितको उचि स्थान आवश्यक पर्ने भएकाले खोजी भइरहेको विभागको भनाई छ ।

२०२१ लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म भएको छैन ।

  • २२ कार्तिक २०७८, सोमबार १३:१२ प्रकाशित