आजदेखि अमेरिकी सीमा खुल्दै, उड्नुअघि यी मापदण्ड पुरा गर्नुपर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज देखि अमेरिकाले सीमा खोल्दैछ । २० महिना देखि आवागमनमा प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले आज देखि प्रतिबन्ध खुला गर्ने भएको हो । अब पूर्ण मात्रा खोप लगाएका यात्रुले अमेरिका प्रवेश पाउने भएका छन् ।

अब यात्रुहरूले अमेरिका जानु अघि पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिनभित्रको कोभिड नेगेटिभ देखिएको रिपोर्ट र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ । तर उनीहरू क्वरेण्टीन बस्नुपर्ने छैन ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा प्रतिबन्ध लगाएका थिए । बेलायत र युरोपेली सङ्घका देशसहित ३० वटाभन्दा बढी देश अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुनर्मिलन हुन पाएको थिएन र पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो ।

  • २२ कार्तिक २०७८, सोमबार ०९:५६ प्रकाशित