पोखराको नारायणस्थानमा शंखधर साख्वा:को शालिक अनावरण (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक अनावरण गरिएको छ । पोखरा महानगर–३ नदिपुरमा रहेको नारायणस्थान मन्दिर परिषरमा रहेको विरेन्द्र पार्कमा शाख्वाको पूर्णकदको शालिक अनावरण गरिएको हो । नेपाल सवत १४४२ को प्रारम्भवको अवरमो साख्वाः को शालिक अनावरण गरिएको हो । नेपाल संवत प्रवर्तक शंखधर साख्वाःलाई मानिन्छ ।

एक कार्यक्रमका बिच नेपाली कांग्रेसका संगठन विभाग प्रमुख एवं पूर्वउप्रधानमन्त्री गोपालमान श्रेष्ठले  शालिकको अनावरण गरे । शालिक अनावरण पछि बोल्दै नेता श्रेष्ठले गरिब जनताको ऋण मुक्त गर्ने साख्वाको योगदानको कदर गदैँ सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको बताए ।

श्रेष्ठले भने, आज पनि साख्वा हाम्रो लागि अनुकरणीय व्यक्तीत्व हुनुन्छ, सामाजिक कार्यमा उहाँको योगदान अतुलनीय छ, व्यवसायी जिवनको सफल व्यक्तीले सामाजिक दयित्व पनि आत्मसाथ गर्न पर्दछ भन्ने संदेश हामीले पाएका छौँ । समाजमा रहेका विपन्न व्यक्तीहरुको पहुच स्थापित गर्नका लागि समताको आधार समेत आत्मसाथ गर्नुपर्ने उनले बताए । समाज रुपान्तरणमा साख्वाः को योगदान र विचार हामी सबैका लागि अनुकरणीय र प्रेरणदायी बन्न सक्दछ, उनले भने ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका कानून , संचार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापाले साख्वाको शलिक स्थापनाले पोखराको गौरव बढाएको बताए । फोहोर फाल्ने ठाउको रुपमा रहेको स्थानलाई पार्कको रुपमा विकास गरि राष्ट्रिय विभूतिको शालिक राख्न पाउदाँ आकर्षक स्थान बनेको बताए ।

नारायणथान क्षेत्रको विकास गर्न एउटै मुल समिति बनाएर एकिकृत प्रयास गर्नुपर्ने बताए । नारायणथान क्षेत्रको विकास गर्न आफु र प्रदेश सरकार तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कार्यक्रममा नेवा खलः कास्कीका अध्यक्ष असोक पालिखे, पोखरा महानगर वडानम्बर ३ का अध्यक्ष रबिन्द्र बहादुर प्रजु लगायतले बोल्दै विरेन्द्र पार्क क्षेत्रको विकासका लागि थप काम गर्नुपर्ने बताए ।

 

  • १९ कार्तिक २०७८, शुक्रबार १२:४१ प्रकाशित