पोखरा ।
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा छ ।
दिउँसो देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ ।
प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशका प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने छ ।
प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।