१४ औं संस्करणको भाइटिका महोत्सव शनिबार हुँदै

केन्द्रभाग मिडिया

????

पोखरा ।
पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटिका महोत्सवको १४ औं संस्करण शनिबार भाइटिकका कै दिन गरिने भएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव गर्न लागिएको हो ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै जारी कोभिड महामारी विच पनि पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । कोभिड १९ का कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुबेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन प्रबद्र्धनमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।

विगत दुई बर्षदेखि यस्तो महोत्सव हुन नसकेकोमा यसपटक १४ औं भाइटिका महोत्सवको रुपमा विदेशी पर्यटकलाई टिका लगाउने कार्यक्रम राखिएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवका २० भन्दा बढी विदेशी पर्यटक सहभागी हुने अपेक्षा राखिएको संयोजक श्रेष्ठले बताए ।

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ । महोत्सव दिउँसो २ : ३० बजे सुरु हुनेछ ।

  • १८ कार्तिक २०७८, बिहीबार १६:५५ प्रकाशित