पोखरा ।
सप्तरंगी साहित्य समाज नेपाल गण्डकी प्रदेशको आयोजनमा विहीबार सप्तरंगी सांस्कृतिक देउसी–भैलो कार्यक्रम भएको छ । संस्कृतिको सम्मान, सप्तरंगीको अभियान नाराका साथ दिपावलीको अवसर पारेर पोखराको गैह्रपाटनमा सांस्कृतिक कार्यक्रम गरिएको हो ।
संस्कृतिविद् डा. तुलसी प्रभाषको प्रमुख आतिथ्यता र स्थानीय समाजसेवी केदारनाथ अधिकारीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सप्तरंगी साहित्य समाज गण्डकीका अध्यक्ष अम्बिका भण्डारी, उपाध्यक्ष माधव चापगाई, आरती अधिकारी, मिना भण्डारी आचार्य, कृष्ण पौडेल, मनोहर दाहाल, सुदर्शन थापा, एंगोला भण्डारी, कल्पना सिग्देल, शर्मिला पोखरेल, सरला अधिकारी, धर्मराज पौडेल(अल्पआयु) सवित्री भण्डारी र दिप्सिना पौडेल, सुनिल सुनार, सुनिल रानामगर, विवेक सुनार, सुनिल सुनार लगायतले आ–आफ्नो कला प्रश्तुत गरेका थिए ।
पोखराको सितालादेवी माध्यमिक विद्यालयका छात्राहरु नम्रता क्षेत्री, आयुषा अधिकारी, दिया तिमिल्सिना, सदिक्षा घरेल र अंकिता अधिकारीले नृत्य प्रस्तुत गरेका थिए ।