यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान 

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ ।

साथै प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

  • १८ कार्तिक २०७८, बिहीबार ०६:३२ प्रकाशित