कौडा खेलिरहेका २९ जना ९ लाख बढी नगदसहित पक्राउ

केन्द्रभाग मिडिया

तनुहँ ।

तनहुँको शुक्ला गण्डकीमा कौडा खेल्ने र खेलाउने २९ जनालाई पक्राउ परेको छ ।

आज दिउँसो १ बजेको समयमा शुक्लागण्डकी नगरपालिका–८ ढोरफेदीमा कौडा खेलिरहेका उनीहरुलाई नौ लाख एघार हजार चार सय पाँच रुपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरुले खेलेका ३२ वटा कौडा बरामद भएको छ । ठुलो धनराशी बाजी लगाएर कौडा खेलिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

  • १७ कार्तिक २०७८, बुधबार १६:०७ प्रकाशित