‘लसपसबाट जन्मिएको एकीकृत समाजवादीको ठेगान छैन, महाधिवेशनमा बोलाउँदैनौँ’:एमाले

केन्द्रभाग मिडिया

नेकपा एमालेले १० औँ महाधिवेशनमा एकीकृत समाजवादीलाई निम्तो नदिने भएको छ ।

अन्य पार्टीका नेतालाई बोलाईरहँदा आफ्नै दलबाट छुट्टिएर गएको पार्टीलाई भने एमालेले नबोलाउने भएको हो । एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार प्रमुख योगेश भट्टराईले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् ।

उनले भने,राजनीतिक शक्तिको अवैधानिक वा लसपसबाट जन्मिएको समुहलाई महाधिवेशनमा बोलाउँदैनौँ’।भट्टराईले एकीकृत समाजवादीको कुनै प्रष्ट पहिचान र ठेगान नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको बताए ।

  • १७ कार्तिक २०७८, बुधबार १५:४२ प्रकाशित