काठमाडौं।
नेपालले बिजुली बिक्री थालेको छ । विद्युतीय व्यापारको अनुमति पाएको नेपालले गएरातीदेखि भारतमा विद्युत निर्यात सुरू गरेको हो। पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
उनका अनुसार आज १२ बजे रातिदेखि ढल्केबर(मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरू गरिएको हो। प्राधिकरणको अुनसार अब विस्तारै निर्यात बढाउँदै लगिनेछ ।
क्रमशः ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी तथा ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत गृहबाट पनि भारतीय बजारमा बिजुली पठाउने तयारी भइरहेको छ ।
अब प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा विद्युत् बिक्री हुनेछ।