जाजरकोटमा ट्याक्टर दुर्घटनाः तीन जनाको मृत्यु

केन्द्रभाग मिडिया

जाजरकोट ।

जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ​

नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् ।

त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् ।

  • १७ कार्तिक २०७८, बुधबार ०८:२३ प्रकाशित