यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

रारति देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

  • १७ कार्तिक २०७८, बुधबार ०७:५७ प्रकाशित