विराटनगर ।
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनलाई पद तथा गोपनीयताको सपथ गराए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश सरकारमा थप पाँच मन्त्री नियुक्त गरिएको छ ।
नयाँ मन्त्रीहरूमा कांग्रेसका सांसद हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसकै केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जसपा संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्रीलाई नियुक्ति गरिइकाृ छ ।
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।















