विराटनगर ।
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई अहिले केहीबेरमा पद तथा गोपनियताको सपथ गराउने तयारी भइरहेको छ ।
आजै गठबन्धन दलका एक/एक गरी ५ सदस्यीय मन्त्रिमण्डल विस्तार हुने जनाइएको छ ।मुख्यमन्त्री भीम आचार्यले हिजो राजीनामा दिएसँगै प्रदेशमा मुख्यमन्त्रीको लागी दाबी गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए ।
हिजै राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ५० सांसदको हस्ताक्षरमा पाँच दलको बहुमत सांसदको समर्थनबाट नेकपा ९एकीकृत समाजवादी० संसदीय दलका नेता राई प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।