पोखरा ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मन्त्री भएको २ महिनामा सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने भएपनि मनाङेले मन्त्री भएको ५ महिनापछि सम्पत्ति विवरण बुझाएका हुन् । २२ तोला सुन, ४५ तोला चाँदी र मुगाको माला ८३ तोला रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
उनले सुन वैदेशिक रोजगारी र व्यापार व्यवसायबाट कमाएको उल्लेख गरेका छन् भने मुगा पैतृक सम्पत्ति रहेको जनाएका छन् ।
मन्त्री मनाङेले सांसद र मन्त्री हुँदा प्राप्त गरेको १० लाख ४९ हजार ५३६ रुपैयाँ एभरेष्ट बैंक पोखरामा मौज्दात रहेको उल्लेख गरेका छन् । उनले आफुसँग उनले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू ऋणमा रहेको जनाएका हुन् । उनले आफूसँग कुनै पनि सवारी साधन र घर नभएको सम्पत्ति विवरणमा जनाएका छन् ।
मन्त्री मनाङेले संघर्ष गाईभैंसी प्रालि नामक आफ्नो फार्ममा २० वटा भैंसी र ५ वटा गाई रहेको जनाएका छन् । मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं–२९ धर्मस्थलीमा कित्ता नम्बर २४, ६७, ७६ को जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।