लाइसेन्स छाप्नका लागि १४ लाख कार्ड यही महिनामा आइपुग्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छाप्नका लागि १४ लाख कार्ड यहि कात्तिक महिनाभित्रै आइपुग्ने भएको छ ।

चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख कार्ड आउनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । यो महिनाभित्र १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने विभागको दावी छ ।

सरकारले डेढ वर्ष पहिले ठेक्का सम्झौता गरेको भएपनि अहिलेसम्म कार्ड ल्याउन सकेको थिएन । सरकारले दुई वर्ष पहिले खरिद गरेको ‘मास प्रिन्टर’मा छपाइ गर्न कार्ड नमिलेपछि समस्या हुँदै आएको थियो ।

‘मास प्रिन्टर’ एउटा कम्पनीबाट र कार्ड अर्को कम्पनीबाट खरिद गर्दा समस्या आएको विभागले जनाएको छ ।

  • १६ कार्तिक २०७८, मंगलवार ०९:५३ प्रकाशित