आरोहणमा गएका ३ फ्रान्सेली ६ दिन देखि बेपत्ता, हेलिकप्टर प्रयोग गरि खोजी जारी

केन्द्रभाग मिडिया

६दिन देखि बेपत्ता भएका फ्रान्सेली नागरिकको हेलिकप्टर प्रयोग गरि खोजी जारी राखिएको छ । बेपत्ताको खोजीका लागि हिजो(सोमबारदेखि) कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ ।

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा गएका फ्रान्सेली नागरिक थोमस,गाब्रियल र लइस बेपत्ता भएका हुन । उनीहरु आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका थिए ।

तीनै जना यही कात्तिक ९ गतेदेखि सम्पर्कविहीन बनेपछि खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।एउटै समूहमा गएकामध्ये अन्य पाँच जना भने सम्पर्कमा आएको कम्पनीले जनाएको छ ।

  • १६ कार्तिक २०७८, मंगलवार ०९:०८ प्रकाशित