टेकअफको लागि गुडिरहेको सीता एयरको जहाज बँदेलसँग ठोक्किदाँ दुर्घटना

केन्द्रभाग मिडिया

काकमाडौं ।

सीता एयरको जहाज दुर्घटनामा परेको छ ।

नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोक्किदाँ जहाज दुर्घटना भएको हो । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुगेको विमानस्थलले जनाएको छ ।

दुर्घटनाबाट जहाजको अगाडिपट्टीको नोजल ल्यान्डिङ गियर भाँचिएको र धावनमार्गमै रोकिएको जनाइएको छ । यद्यपि, सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन । विमानमा चालकदलसहित १४ जना यात्रु र करिव ९० केजी कार्गो रहेको थियो ।

  • १६ कार्तिक २०७८, मंगलवार ०८:५८ प्रकाशित