देशभर ९ संक्रमितले गुमाए ज्यान, थपिए ५३३ संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा ११ हजार ६६४ नमूना परीक्षण गरिएकोमा ५ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ७ हजार ४६८ नमूनाको पीसीआर र ४ हजार १९६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये पीसीआर विधिबाट ४४१ र एन्टिजेन विधिबाट ९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।मन्त्रालयका अनुसार सोमबार थप ४ सय ९० जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ। हालसम्म पीसीआर बाट परीक्षणबाट ८ लाख १३ हजार ११ र एन्टीजेन विधिबाट ९४ हजार ६ सय २७ जनामा संक्रमण पुष्टि भएको छ भने ७ लाख ९२ हजार २७७ जना निको भएका छन् ।

हाल देशभर ९ हजार ३१८ सक्रिय संक्रमित छन् ।यस्तै सोमबार ६५०२८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • १५ कार्तिक २०७८, सोमबार १६:५१ प्रकाशित