बाँकीलाई फूल बनाएर ग्रेसफूल एक्जिट हुदैँन प्रधानन्यायाधीश ज्यू : वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिजो देखि नेपाल बार एसोसियसनका कानुन व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको जतिसक्दो छिटो राजीनामा दिन माग गर्दै उनीहरुले कालोपट्टि बाँधेर आज पनि विरोध प्रदर्शन गरे । प्रदर्शनको क्रममा बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले अरूलाई फूल बनाएर आफुले ग्रेसफुल एक्जिट खोजेको टिप्पणी गरेका छन् ।

उनले भने,‘सम्माननीयज्यूले जुन ग्रेसफूल भन्नु भएको छ। बाँकीलाई फूल बनाएर ग्रेसफूल एक्जिट हुँदैन, केही मान्छेलाई मण्डलतिर लगाएर अथवा टेलिभिजन अन्तर्वार्ता दिएर डिफेण्ड गर्नुपर्ने अवस्था दुःखद् हो।

उनले प्रधान न्यायाधीशले सम्मानजनक रूपमा बहिर्गमनको बाटो रोज्नुपर्ने बताए।

  • १५ कार्तिक २०७८, सोमबार १३:४४ प्रकाशित