हत्या आरोपित स्याङ्जाका गणेशबहादुर ४५ वर्ष पछि पक्राउ

केन्द्रभाग मिडिया

स्याङ्जा ।

४५ वर्षअघि युवकको हत्या गरेर फरार आरोपित पक्राउ परेका छन् ।

झण्डैं ४५ वर्षअघि मेला हेर्न आएका जीतबहादुर रानाको हत्या आरोप लागेका चापाकोटका ७३ वर्षीय गणेशबहादुर कुमाल (गोरे) पक्राउ परेका हुन्। विस २०३३ वैशाख २ गते चैते दसैं पूर्णिमा मेला रानाको हत्या भएको थियो

रानाको हत्या आरोपित कुमाल भागेर नवलपरासीमा आफ्नो नाम परिवर्तन गरी बस्दै आएको बताइएको छ। कुमाल दसैं मनाउन आफ्नो पुरानो घरमा आएर फर्कदै गर्दा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले आफ्नो नाम गोरे कुमाल भनी परिवर्तन गराइ नवलपरासीमा परिवारसहित बस्दै आएका थिए।

  • १५ कार्तिक २०७८, सोमबार १३:३६ प्रकाशित